काभ्रे । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) महाभारत गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।

शनिबार बनेपामा माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद रत्न ढकालको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै ढकालले यो देशको परिवर्तनका निमित्त विद्यार्थी संगठनको महत्वपुर्ण योगदान रहेको बताए । विद्यार्थीहरु जनयुद्धमा होमिएकै कारण लामो सङ्घर्ष पछि माओवादीको त्याग र बलिदानीबाट मात्रै समाबेशी समानुपातिक प्रणाली आएको बताए ।

त्यस्तै अतिथि माओवादी केन्द्रका काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशिल)ले विद्यार्थी भनेको आफ्नो भविष्य निमार्ण तथा क्षमता वृद्धि गदै व्यक्ति, समाज र देश निर्माणको लागि लागी परेको भन्दै विद्यार्थीको हक अधिकारका लागी हामी सधै लागीरहनुपर्ने बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले डाँडापारिको विद्यार्थीहरुका विगतका संगठनको बारेमा सम्झना गर्दै विद्यार्थीहरु जनसुकै शिक्षा लिएको भए त पनि नेपालमा रोजगार नभएको कारण विदेश जान बाध्य भएको बताए । त्यही क्रममा महाभारत १ की नर्स ममता काफ्ले अमेरिकामा मृत्यु भएकोमा दुःख व्यक्तै गर्दै मृतक प्रति श्रद्धञ्जली व्यक्त गरेका थिए । साथै जिम्बाले विगतका दिनहरुमा पनि विद्यार्थीका हरेक समस्या समाधान गर्दै अखिल क्रान्तिकारी अगाडि बढिरहेको बताउँदै अगामी दिनमा पनि यस महाभारत गाउँपालिकाका विद्यार्थी अनकुलका बिभिन्न सृजनात्मक र रचनात्मक कार्यहरु गर्दै अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) महाभारत गाउँपालिका अध्यक्ष सुवास जिम्बाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद रत्न ढाकाल अतिथिहरु माओवादी केन्द्र काभ्रे जिल्ला सचिव दैबलाल घिसिङ महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा,सचिव रिजन मगर विद्यार्थी नेताहरु निर्मला गौतम,युबराज लामा,बिबस लामा,अमृत लामा युवा नेता दिपेश लामा,संगम मोक्तान लगायत गाउँपालिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय