काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी) महाभारत गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ । शनिबार बनेपामा भएको भेलाले दोर्जे थिङको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटि गठन गरेका छन् ।
कमिटिको वरिष्ठ उपाध्यक्षमा ओमसाङ लामा मोक्तान, उपाध्यक्षमा सुनिता कुँवर, मिलन थोकर, सचिवमा भानुभक्त आले मगर, सहसचिवमा पितम मोक्तान, संगम वाइबा, धरिना आले र योगिता मोक्तान र कोषाध्यक्ष इच्छा तामाङ चयन भएका छन् ।


त्यस्तै सदस्यहरुमा, अस्मिता दर्लामी, बविना श्रेष्ठ, रुपा श्रेष्ठ, निर बहादुर थोकर, दोर्जे जिम्बा, सुरेश रुम्बा, पेमा स्याङतान, उमेश जिम्बा, असलमान वाईबा, विजय योन्जन, अनु मोक्तान, सविन राना, निर्मल पुलामी, फुञ्जु थिङ, विश्वराम लुङ्गेली, सृष्टि वाइवा, रचना पिठकोटे, एलिना आले, हर्कराज घलान, डन्डुप दोर्जे थिङ, र मनराज योन्जन सर्वसहमत चयन भएको महाभारत गाउँपालिकाका इन्चार्ज अमृत लामाले जनकारी दिए ।
अखिल (क्रान्तिकारी) महाभारत गाउँपालिका अध्यक्ष सुवास जिम्बाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी माओवादि केन्द्रका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद रत्न ढाकाल अतिथिहरु माओवादी केन्द्र काभ्रे जिल्ला सचिव दैबलाल घिसिङ महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा,सचिव रिजन मगर विद्यार्थी नेताहरु निर्मला गौतम,युबराज लामा,बिबस लामा,अमृत लामा युवा नेता दिपेश लामा,संगम मोक्तान लगायत गाउँपालिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।










