महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका भित्र रहेका खोला नालाबाट बालुवा निकाल्ने र निकाल्न लगाउने, खोलामा रहेका बिभिन्न किसिमका जातका माछालाई बिषाधी प्रयोग गरी मार्ने, बनजंगलमा आगोलागी गर्ने गराउने र बिभिन्न किसिमका बन्यजन्तुहरु शिकार गरी मार्ने तथा ओसार पसार गर्ने अवैध कार्य भएको पाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको परिपत्र अनुसार महाभारत गाउँपालिकाको कार्यालय देविटारले यस्तो कार्य रोक्न सम्बद्ध सरोकारवालाहरु सबैलाई जनकारी गराएको छ ।

यस्तो अवैध कार्य गर्नेहरुलाई वातावरण संरक्षण निमावली २०७७ बमोजिम नेपाल सरकारको प्रचलित कानुनी कारवाही हुने र नदिजन्य पदार्थ उत्खनन गर्ने/गराउनेको लागि बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना तथा नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

उल्लेखित अवैध रुपमा काम गरेको वा ओसार पसार गरेको देखेमा मोबाइल नम्बर इ.प्र.का. देविटार – ९८६३१९४०७५ इ.प्र.का गोकुले – ९८६३१९४०८१ प्र.चौ.फोक्सिङटार – ९८६३१९४०७८ मा सुचना दिनुहुन र सूचना दिनेको नाम र मोबाईल नम्बर गोप्य राखिने समेत सुचानमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय