वाग्मती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भएको गाडीमा आगलागी भएको छ ।

काठमाडौबाट हेटौँडातर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको हो । गाडी पूर्णरुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । रासस

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय