महाभारत,काभ्रे । मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल महाभारत गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । गाउँपालिकाको देविटारमा शनिबार सम्पन्न सम्मेलेनले अध्यक्षमा गोबर्धन दर्लामी मगर निर्विरोध रुपमा चयन गरेको छ ।मगरको नेतृत्वमा ७ जना पदाधिकारी र १२ सदस्यीय गाउँपालिका समिति गठन गरेका छन् ।

समितिको उपाध्यक्षमा महेन्द्र जर्गा मगर, सचिवमा धक बहादुर दर्लामी मगर, सह सचिवमा इन्द्र बहादुर आले मगर र कोषाध्यक्षमा याम बहादुर दर्लामी निर्विरोध रुपमा चयन भएका छन् ।

मोर्चाको गाउँपालिका सदस्यहरुमा कुल बहादुर लुंगेली मगर, मन कुमारी अस्तानी मगर, मेख बहादुर पुलामी मगर, मंगल बहादुर रखाल मगर, बुद्धीमाया आले मगर, विन्दा आले मगर, पंच बहादुर जर्गा मगर, भक्त बहादुर आले मगर, टक बहादुर दर्मामी मगर, मोति बहादुर राना मगर, विराज अस्तानी मगर, देवी कुमारी जर्गा मगर, दिपक राना मगर र सुभकर्ण दर्लामी मगर निर्विरोध रुपमा चयन भएका छन् ।

प्रमुख अतिथि पुर्व मुख्यमन्त्रि शालिकराम जम्कटेल, विषेश अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य डिपि ढकाल, बागमती प्रदेश सदस्य सुजन लामा, बागमती प्रदेश सदस्य तथा निर्वाचित महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, धादिङको बेनिघाट गाउँपालिका अध्यक्ष विवेक थपलिया, विषेश बागमती प्रदेश अध्यक्ष विजय मोक्तान, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रिय सदस्य अमृत लामा, गंगा सिंतान, वाइसीयल, विद्यार्थी, विभिन्न जनवर्गिय संगठन तथा मोर्चाहरुको नेता तथा कार्यकर्ताको उपस्थितिमा योङ कम्युनिष्ट लिग, नेपाल (YCL)को दोस्रो सम्मेलन, नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम र मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय