महाभारत,काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर ८ घर्तिछाप स्थित गाताबेशीका २७ बर्षिय नविन आलेलाई स्थानीय ६ जना युवाहरुको समुहले गाईबस्तुले वारीको मकै खाएको निहुँमा मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

गाईबस्तुले वारीको मकै खाएको निहुँमा इन्द्र बहादुर अस्तानी मगर, प्रविण दर्लामी मगर, तिलक जर्घा मगर, पञ्चलाल जर्घा मगर, कुमार अस्तानी मगर र टंक आले मगरले मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । प्रविण दर्लामी मगर नेकपा एमाले महाभारत गाउँपालिका वडा नं. ८ कमिटिका वडा अध्यक्ष समेत हुन ।

कुटपिट पछि घर पु¥याईएका नविन र उनको परिवारलाई घटनाका बारेमा कसैलाई भनेमा सबैको हालत उस्तै बनाउने धम्कि पछि ६ दिनसम्म घटना गुपचुप नै रह्यो ।

शनिबार स्थानीय चर्च गएकी नविनकी आमा टिकामाया आलेले छोराको अवस्थाका बारेमा बताएकी थिईन् । शनिबार स्थानीयहरु बीच गाईगुई भए पनि सोमबार साँझ मात्रै नविनलाई अस्पताल ल्याई पु¥याईएको थियो । कुटपिट पछि रगताम्मे भएको शरिर र घाउहरुमा किरा पर्न थाले पछि आमा टिकामायाले ‘न्वान’ नामक विषादी छर्केकी थिईन् ।

घर भित्रबाट बाहिर सम्म निस्कन नसकेका नविन, नविनका बाबु धनबहादुर आले र आमा टिकामायाले अन्य छोराहरु र आफन्तलाई फोन मार्फत भनेका थिए । फोन समेत गर्न नजान्ने तर आएको फोन उठाउन सक्ने अवस्थाका नविनका बाबु आमासँग कान्छो छोरा बस्दै आएका छन् । ६ दाजुभाई र ३ दिदीबहिनीका साईलो हुन् नविन । उनी गाउँमा नै कृषि र पशुपालनमा सक्रिय छन् ।

दुई वर्ष अघि पनि नविनलाई देउसी खेल्न गएका बखत उनै साथीहरुले मरणासन्न हुने गरी रुखमा डोरीले बाँधेर कुटपिट गरेका थिए । १६ दिन धुलिखेल अस्पतालको उपचार पछि उनि सामान्य भएर घर फर्किएका थिए । त्यतिबेला पनि वडा कार्यालयमा दुबै पक्ष मिलेर बस्नु पर्छ भन्दै वडा अध्यक्ष सहितले मिलापत्रमा कागज गराए पछि नविन र उनका परिवार बोल्न सकेका थिएनन ।

फेरी दुई वर्ष पछि उनै नविनलाई जेष्ठ ५ गते साँझ गाई, गोरु र बाख्रा, खसी चराएर फर्कने क्रममा स्थानीय ६ जनाले लौरो लिएर ओडार जस्तो ठाउँमा बसेर लुकेर आक्रमण गरे । लौरो नभाँचिन्जेल हानिरहे । त्यतिले नपुगेर ढुंङ्गाले पनि हाने । नविनले आफ्ना बस्तुले उनिहरुको ८/९ बोट मकै खाएको बताए । कसैलाई भनेदेखि थप सदस्यलाई भने यस्तो हालत बनाई दिन्छु भने पछि नविनले खवर गर्न र उपचार गर्न नसकेको बताए ।

मामा, भिनाजु, दाई, भाई र आफन्तहरुले कानूनी न्याय सहित उपचारका लागि धुलिखेल ल्याएका छन् । नविनको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । नविनका बुबा पनि अशक्त छन् । उनिहरुको पक्षमा बोलिदिने कोहि नभएकाले घाईते भएको ६ दिनसम्म पनि सार्वजनिक नभएको उनिहरुले बताए । तर स्थानीय जनप्रतिनिधिहरुले भने तत्काल दोषिलाई कडा कारवाही गर्न, घाईतेको उपचार गर्न र आईन्दा यस्ता घटना हुन नदिन सचेतना अपनाउन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय