काभ्रेपलाञ्चोक । मोक्तान वंश अनुसन्धान समाज जिल्ला कार्य समिति काभ्रेपलाञ्चोकको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार द अरनिको फेमेलि फुट क्याफे, बनेपामा जिल्लाको सबै स्थानीय तहमा मोक्तान वंश भित्र रहेका लामा गुरु, बोम्बो, लप्थपा (लबोन), डम्फुरे, ताम्बा र गान्बा बिच मोक्तानहरुको इतिहास, धर्म, संस्कृति, परम्परा रीतिरिवाज, ज्ञान, कला, कौशल, कुल सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा उपस्थित अतिथि र जिल्लाको १३ वटा स्थानीय तहका विषेश व्यक्तित्वहरु (लामा गुरु, बोम्बो, लप्थपा ( लबोन), डम्फुरे, ताम्बा र गान्बा) तथा कार्य समितिका पदाधिकारी र सदस्यहरूले विभिन्न मोक्तान वंशहरूको बारे कुरा उठाउँदै त्यस विषयमा छलफल गरेका थिए । मोक्तानहरुको इतिहास, वर्तमान अवस्था, ह्रुइगी फोला, कुल पुजा विधि लगायतका मुद्दाहरू छलफलका केन्द्रविन्दु थिए ।


कार्य समितिका अध्यक्ष बिर बहादुर मोक्तानले विभिन्न प्रश्नहरूको जवाफ दिँदै, सबै सल्लाह सुझाव र सबै विषयमा पुनः गम्बीर भएर छलफल गर्ने बताए । यो अन्तरक्रिया कार्यक्रममा काभ्रेमा रहेका मोक्तानहरुको बिच कुल पुजा विधि लगायत अन्य केहि विधिहरु फरक देखिएकोले अन्य कार्यक्रमहरु गरेर बृहत छलफल गर्न आवश्यक रहेको बताए ।
मोक्तान वंश अनुसन्धान समाज जिल्ला कार्य समिति काभ्रेका अध्यक्ष बिर बहादुर मोक्तानको अध्यक्षातामा भएको कार्यक्रमका अतिथि फुर्साङ मोक्तान, जिल्ला विषेश व्यक्तित्वहरु लिला मोक्तान (महाभारत गाउँपालिका), सलाम सिं मोक्तान (रोशी गाउँपालिका),ज्ञानध्वज मोक्तान (महाभारत गाउँपालिका), पदम मोक्तान (धुलिखेल नगरपालिका), डिल्ली बहादुर मोक्तान मन्डनदेउपुर नगरपालिका), पासाङ मोक्तान (रोशी गाउँपालिका), छ्योसाङ मोक्तान (महाभारत गाउँपालिका) जिल्ला कार्य समितिका उपाध्यक्ष बिकुलाल मोक्तान, सचिव मोतीलाल मोक्तान, सहसचिव सुकलाल मोक्तान, कोषध्यक्ष लक्ष्मी मोक्तान सदस्य तेज बहादुर मोक्तान, म्हेन्दे मोक्तान लगायतका कार्य समितिका सदस्यहरु स्थानीय तहका प्रतिनिधिहरू पनि सहभागी थिए।
मोक्तान वंश अनुसन्धान समाज जिल्ला कार्य समिति काभ्रेका उपाध्यक्ष बिकुलाल मोक्तानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मोतीलाल मोक्तानले गरेका थिए।










