काठमाडौं । खोटाङ जिल्ला घर भएकी एक महिला लाखौँ रुपैया ठगेर फरार भएकी छिन् । जिल्लाको साविक लामीडाँडा गा.वि.स वडा नं. ५, हाल रावाबेसी गाउँपालिका वडा नं. ३ घर भएकी ५० वर्षीय समिता राईले काठमाडौंमा साथीबाट पैसा ठगी गरि सम्पर्क बिहिन भएकी छ्न।

७ बर्षदेखी सगै चिनजान रहेको पर्सा जिल्ला साविक सुर्वपुर गा.वि.स. वडा नं. ९ हाल ठोरी गाउँपालिका वडा नंं ५ आठघारेकी ४६ वर्षकी असली लमिनिको समिता राईले १ महिनाको सपाटी भनेर रु ५ लाख २० हजार लिएर हाल फरार भएकी हुन ।

पैसा दिएको केही बर्ष सम्म सम्बन्ध राम्रो रहेको र कहिले सम्पर्कमा आउने कहिले नआउने गरी करिब २ वर्ष अगाडी सम्पर्क हुदा पैसा दिन्छु भनेर बहाना बनाएर अहिले सम्पर्क बिहिन भएको असलीले ग्लोबाल खबरलाई बताइन । समिताले म लगायत अन्य साथीहरुको पनि सापटी र केहीको सुन समेत लगेर फरार भएको बताइन् ।

समिता र असलीको भक्तपुरको बोडेमा बगुंर पालान गर्दा चिनजान भएको भएको थियो । समितासगं चिनजान भएको करिब ३ वर्ष पछि होटेल चलाउने भनेर असलीसंग पैसा सापटी लिएकी थिइन् । समिताले केहि महिना होटेल संचालन समेत गरेकी असलीले बताइन् ।

पटक पटक सम्पर्क बिहिन भएपछि २०७९ जेठ १७ गते कागेश्वरी मनोहार नगरपालिकाको वडा नं. ५ मा दुई पक्ष बिच पैसा १ महिना भित्रमा पैसा तिर्ने भनि कागज गरेको थियो । वडा अध्यक्ष शंकर पाण्डेको रोहबरमा समिता राईले असली लमिनिको पैसा साँवा व्याज तिर्ने र तिर्न नसकेको खण्डमा घरको चल अचल सम्पति दिन मञ्जुर रहेको उल्लेख छ ।

“अर्कै व्यक्तिबाट ऋण लिएर समितालाई दिएको पैसा नतिरे पछि बिदेश गएर भए पनि तिर्न बात्यता भएको र कुवेतमा कमाएको सबै पैसा ऋण तिरेको” पीडित असलीले भनिन् । असली ३ वर्ष कुवेत बसेर नेपाल फर्कि सकेकी छिन् ।

कुवेतबाट फर्केपछि असलीले समिता पहिला बसेको स्थानहरुमा खोजी गरेकी थिइन् । समितालाई नभेटे पनि उनको दाइ भाउजुलाई भेट्दा सम्पर्कमा नरहेको भनेर भनेको उनले बताइन । असली खोजी गरी पाउ भनि विभिन्न मिडिया, प्रहरी चौकी र अदालत सम्म पुगेकी छिन् ।

समिता राईको कुनै पनि मोबइल नम्बरमा फोन लागेको छैन । सम्पर्क बिहिन राइलाई कसैले कतै देखेमा मोबइल नं. ९७०८००२३४२ वा ग्लोबल खबर को टिमलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय