काभ्रे । काभ्रेमा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा नगरपालि ७ गोदामचोक नजिकै आज दिउँसो ना ४ च ५९४५ नम्बरको योद्धा गाडीको ठक्करबाट स्कुटमा सवार पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा बसपार्क नजिक डेरा गरेर बस्ने करिब ४५ वर्षीय ज्ञानध्वज तामाङ रहेका छन्।

बनेपा-पनौती सडक खण्डमा पनौतीबा बनेपा तर्फ आँउदै गरेको गाडीले बा.प्र.०२-०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडीका चालक फरार रहेका र गाडी धनी धनुषाको जनकपुर उपमाहानगरपालिका १३ का अजय यादवलाई घटनाको विषयमा जानकारी गराइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय