काठमाडौं । रसुवाको लेन्दे खोलाले बगाएका २० मध्ये पाँचजनाको शव फेला परेको छ ।

हिजो राति आएको बाढीमा बगेर सम्पर्कविहीन भएका पाँचजनाको शव तथा शरीरका भाग फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूको परिचय नखुलेको प्रहरीले बताएको छ ।

नेपाल–चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीको कारण सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्याफ्रुबेसी–टिमुरे सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो हटाउने कार्यको लागि नेपाली सेना खटिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय