काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शत प्रतिशत विद्यार्थी उतीर्ण गर्ने विद्यालय र सर्वोत्तम नतिजा ल्याउने विद्यार्थीलाई ग्लोबल खबर नेपाल मिडिया प्रा.लि. द्धारा संचालित www.globalkhabars.com ले सम्मान गरेको छ ।

ग्लोबल खबरको कार्यालय चाबहिलमा आज एक कार्यक्रमका बिच महाभारत गाउँपालिका क्षेत्रभित्रका एक उत्कृष्ट विद्यालय र एक विद्यार्थीलाई सम्मान गरेको हो ।

बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. २ कुपिन्टारमा अवस्थित २०३९ सालमा स्थापना भएको श्री कालीदेवी माध्यमिक विद्यालय माध्यमिक शिक्षा परिक्षा (SEE)–२०८१ मा शत प्रतिशत विद्यार्थी उतीर्ण गरि गाउँपालिका भरिका उत्कृष्ट विद्यालय हुन सफल भएको भन्दै ग्लोबल खबरले ‘महाभारत गाउँपालिका उत्कृष्ट विद्यालय’ को रुपमा सम्मान–पत्र प्रदान गरिएको हो । सम्मान–पत्र विद्यालयका प्रधानाध्यापक सुनिल मगरलाई हस्तान्तरण गरेको थियो ।

त्यस्तै महाभारत–८ घर्तिछापमा अवस्थित श्री जनकल्यान माध्यमिक विद्यालयबाट सहभागी भई गाउँपालिका भरिका सर्वोत्कृष्ट ३.५० जि.पि.ए. ल्याई उतीर्ण सम्झना पिठाकोटे मगरलाई ‘महाभारत गाउँपालिका उत्कृष्ट विद्यार्थी’ को रुपमा सम्मान गरेको हो ।

ग्लोबल खबरका अध्यक्ष/महाप्रबन्धक मान बहादुर योन्जन, प्रकाशक/कार्यकारी सम्पादक अमृत योन्जन र संचालक/प्रधान सम्पादक मोतीलाल मोक्तानले विद्यालय र विद्यार्थीलाई कप र सम्मान पत्रद्धारा सम्मान गरेको हो ।

महाभारत गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालयका २ सय ५३ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा १ सय ५० जना विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । १ सय ०३ जना भने नन ग्रेडिङ भएकाे महाभारत गाउँपालिका शिक्षा शाखा प्रमुख जन्मराज शर्माले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय