काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेको गर्भवतीको सोमबार हेली एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

आइतबार साँझ ७ः३० बजेदेखि सुत्केरी ब्यथा लागेर अवस्था गम्भीर भएकी वर्ष २० को रेनुका लुङ्गेलीको हेली एम्बुलेन्सबाट उद्धार गरिएको हो ।

गोकुले स्वास्थ्य चौकीमा भर्ना भएपनि सन्तोसजनक व्यथा नभएको कारण सुत्केरी गराउन नसकेकोले हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

‘भर्ना भएको १८ घण्टासम्म सन्तोसजनक व्यथा नभएका र समय अगडी नै सानो सुतक भएर स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्ने भएको कारण हेली एम्बुलेन्स मार्फत उद्धार गर्यौं,’ पालिका अध्यक्ष जिम्बाले भने ।

हेलिकप्टर उडानका लागि गोकुले स्वास्थ्य संस्थाका अ.न.मी पुर्णिमा तुम्सीङले गाउँपालिका अध्यक्षलाई तथा गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसंग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए ।

राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत निशुल्क हेली एम्बुलेन्स प्रयोग गरिएको पालिकाले जनाएको छ ।

डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्सातका कारण बाटो अवरुद्ध भएर सवारी साधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो ।

राष्ट्रपति महिला उद्दार कार्यक्रम मार्फत निःशुल्क हेली एम्बुलेन्स मार्फत अहिलेसम्म दर्जनौ गर्भवतीको उद्धार भएको गाउँपालिकाले जनाएको छ ।

लुङ्गेलीको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अध्यक्ष जिम्बाले बताए।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगको लागी जिल्ला प्रशासन कार्यलय,महिला बालबालिका मन्त्रालय,नेपाली सेना लगायात सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेको छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय