काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा र राप्रपाले संसद बैठक बहिस्कार गरिरहेको प्रति आक्रोश व्यक्त गरेका छन् । हरेक विकास निर्माणको कुरामा विरोध गरेको भन्दै संसदमा रास्वपा र राप्रपाले गरिरहेको विरोधप्रति उनले आक्रोश पोखेका हुन् ।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरमा निर्मित सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटनपछिको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसदमा विरोध गर्नेहरुले व्यवस्थाको अपनत्व नदिएको आरोप लगाएका हुन् ।

राप्रपा र रास्वपाको नामै नलिइ ओलीले भने, ‘अहिलेको पार्लेमेन्टमा व्यवस्था विरोधी छन्, प्रजातन्त्र विरोधी छन्, लोकतन्त्र विरोधी छन्, संविधान विरोधी छन् ।’

रास्वपा र राप्रपाले व्यवस्था परिवर्तनमा बलिदानी र भूमिका नखेलेकाले अहिले विरोध गर्नु अचम्म नभएको उनको भनाइ छ ।

‘भनेरै खुलेयाम विरोधी छन्, अनि उनीहरुले बहिस्कार गर्नु कुन ठूलो कुरा हो ? जो त व्यवस्था विरोधी छन्, जो लोकतन्त्र विरोधी छन्, जो संसद विरोधी छन्’, उनले भनेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिन र सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै राप्रपा र रास्वपाले संसद्‌मा विरोध र बैठक बहिस्कार गर्दै आएका छन् ।

‘उनीहरुले लडेर, निर्वासन बसेर, जेलनेल खटेर, दु:खकष्ट भोगेर, नेलहतकडी लगाएर, पिटाइ सहेर, अनेक यातना सहेर, बलिदान सहेर लोकतन्त्र ल्याएको त हैन’, ओलीले भने, ‘आएको लोकतन्त्रमा अनि तर् मार्न आएका तरमाराहरु त हो, व्यवस्थाविरोधी तरमाराहरु ।’

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय