काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयमा ध्यानकर्षण पत्र बुझाएका छन् ।

गाउँपालिकाका नागरिकहरुलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा केन्द्र स्थापनाको माग राख्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले बुधबार स्वास्थ्य मन्त्री प्रदिप पौडेलसंग भेट गरि ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ध्यानकर्षण पत्रमा लेखिएको छ, महाभारत गाउँपालिकाका नागरिकहरुलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा केन्द्र स्थापना गर्न हाल महाभारत गाउँपालिकाभित्र आधारभूत अस्पताल नभएको व्यहोरा अबगत गराउन चाहन्छु ।

हाल गाउँपालिकाभित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा नागरिकहरुको सहज पँहुज नपुगेकोले नेपाल सरकारले लागू गरिएको बीमा कार्यक्रम अन्तर्गत उपचार प्रक्रियामा कठिनाइ भइरहेको, सेवा लिन जिल्लाभित्रको अन्य स्वास्थ्य केन्द्रमा धाउनुपर्ने अवस्थाले बीमा कार्यक्रमप्रति जनविश्वास कमजोर हुने अवस्था सिर्जना भएकोले छ ।

त्यस्तै, महाभारत गाउँपालिकाभित्र तत्कालै स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल स्थापना गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि महाभारत गाउँपालिका गाउँकार्यपालिकाबाट निर्णय भएकोले सो निर्णय बमोजिम नै आधारभूत अस्पताल स्थापना तथा अस्पताल स्थापना नभएन्जेलसम्मको लागि स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र धुलिखेल अस्पताल कायम गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय