काभ्रपलाञ्चोक । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले जनैपुर्णिमाको दिन श्रदालु भक्तजनहरूलाई खानेपानी वितरण गरेको छ ।

वाईसीएल नेपाल काभ्रे मण्डन–देउपुर नगरपालिका समितिद्वारा नगरकोटस्थित रत्नचुडेश्वर महादेव मन्दिरमा दर्शनका लागि आएका श्रदालु भक्तजनहरूको सुविधाार्थ निःशुल्क खानेपानी वितरण गरेको हो ।वाईसीएल नेपाल काभ्रेका इन्चार्ज छिरिङ लामाले सामाजिक सञ्जालमार्फत खानेपानी वितरण गर्दै गरेको तस्विरहरु सामाजिक संजालमार्फत सार्बजनिक गर्नुभएको थियो ।

त्यस्तै, वाईसीएल नेपाल काभ्रे तेमाल गाउँपालिका समितिद्वारा जनैपुर्णिमाको दिन तेमाल गाउँपालिका ५ नारायणस्थान पोखरी सत्यनारायण मन्दिर जाने गेटमा पनि निःशुल्क खानेपानी वितरण गरेको वाइसिएल नेपाल बागमती प्रदेश निर्वाचन आयोग सदस्य आर्दश मोक्तानले बताए ।

कार्यक्रममा वाईसिएल नेपाल संगठनका इन्चार्ज रामप्रसाद सापकोटा “दीपशिखा”, पुर्व मान्त्री प्रतिनिधि सभा सदस्य माननिय सुर्यमान दोङ (लालध्वज), जिल्लाको नेतृत्व नेताहरु साथै उपाध्यक्ष,उप–महासचिव, बागमती प्रदेश पदाधिकारी, केन्द्रीय सदस्य लगायतको समेत उपस्थिीति रहेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय