♦विजय कुमार जिम्बा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खानीखोला गाउँपालिका गाउँपालिका वडा नं. ४ को भ्याली भेला तथा प्रशिक्षण कार्यक्रम जडीबुढी इन्द्रशान बैंक्वेटमा शनिबार सम्पन्न भएको छ ।

माओवादी केन्द्र खानीखोला–४ कमिटिले आयोजना गरेको भ्याली सहरी क्षेत्रमा विभिन्न पेशा व्यवसायमा रहेका माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रेम बहादुर वज्यु तामाङको अध्यक्षतामा ४३ सदस्यीय भ्याली सम्पर्क मञ्च कमिटि गठन भएका छन् । कमिटिको उपाध्यक्षमा पुष्पा मोक्तान(थिङ), दिलनाथ लोप्चन तामाङ, सचिवमा छेवाङ स्याङतान, सह सचिवमा मनिषा माझी र कोषाध्यक्ष हिरलाल डिम्दुङ चयन भएका छन् ।

कमिटिको सदस्यहरुमा, ठकेन्द्र मोक्तान, पदम बहादुर थिङ, श्याम माझी, राम बहादुर थिङ, लाल बहादुर थिङ, भक्त बहादुर माझी, राजेश माझी, विकास लोप्चन, नविन माझी, रोसन गरुङ, निकेश जिम्बा, सुरेस मोक्तान, अनिल घलान, छेवाङ जिम्बा, विकास घिसिङ, राज वाइबा, अञ्जली शोर्पा (घलान), राजु माझी, कुमार माझी, राम बहादुर गोले र जनाकी माझी चनय भएका छन् ।

त्यस्तै, सुनिल माझी, सुरज माझी, तिलक माझी, टंक बहादुर थोकर, नम्रता स्याङतान(सिंतान), कमल घलान, राजमान मोक्तान, सुवास मोक्तान, सरोज स्याङतान, दिपक मोक्तान, ग्याल्साङ बल, दोर्जे स्याङतान, शान्तिमाया थिङ, प्रमिला योन्जन(स्याङतान), रेसम बल, ममता लोप्चन र शक्ति बल चयन भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुर्यमान दोङले काभ्रेमा माओवादी केन्द्रको उत्साहजनक उपस्थिति र युवाहरूको जुझारुपनले आगामी दिनमा खानीखोला विकाससँगै पार्टी निर्माणमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा युवाहरूको साथ आवश्यक भएको र विशेषगरी विकट खानीखोलाको विकासका लागि केन्द्र सरकारसँग प्राथमिकताका आधारमा बजेट ल्याएर ठेक्का प्रक्रियामा सदुपयोग गर्नुपर्ने बताए।

संघीय सांसद उर्मिला माझीले आफ्नो जन्मथलो खानीखोला–४ मा भेटघाट गर्न पाउँदा खुशी व्यक्त गर्दै यस आर्थिक वर्षमा सिंचाइका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गराउन सफल भएको जानकारी दिइन्। उनले आगामी दिनमा पनि जन्मथलोको विकासका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन्।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले खानीखोला–४ का युवाहरू एकजुट भई देश निर्माण र गाउँको समृद्धिको लागि जुटिरहेको देखेर खुशी व्यक्त गरे। उनका अनुसार, नवप्रवेशी युवाहरूको सक्रियता गाउँको विकासको बाटोमा महत्वपूर्ण हुने समेत बताए ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संघीय सांसद सुर्यमान दोङ, विषेश अतिथि माओवादी केन्द्र बागमती प्रदेश समितिका सचिव एवं खानीखोला गाउँपालिका सरकार प्रमुख इन्द्रबहादुर थिङ, संघीय सांसद उर्मिला माझी, अतिथिहरु काभ्रे जिल्ला संयोजक भोला अर्याल, बागमती प्रदेश सचिवालय सदस्य दैवलाल घिसिङ, मिना पाख्रिन पार्टीका जिल्ला समन्वय समिति, गाउँपालिका, वडा कमिटिको नेता तथा कार्यकता, पत्रकार लगायत भ्याली सहरी क्षेत्रमा विभिन्न पेशा व्यवसायमा रहेका माओवादी केन्द्र सम्बद्ध नेता कार्यकर्ताहरुको बाग्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा कमिटि अध्यक्ष स्याम लोप्चनको अध्यक्षतामा भएको थियो भने भरत लामाले संचालन गरेको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय