काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ गडबडीबारे संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित कार्यकक्षमा सत्तारूढ नेकपा (एमाले)का मुख्य सचेतक महेशकुमार बर्ताैला, नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेकाले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे ।

राज्यव्यवस्था समितिको नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिइएको र समितिको काम अब धेरै समय रोक्न नसकिने बताए । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् । सभामुखले गएको शुक्रबार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।

सभामुखले सोमबार पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय