काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिभिल मलको एउटा खेलौना पसलमा प्रहरीले खानतलासी गरेको छ।

बिहीबार प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौं तलामा रहेको द टोय स्टोरमा खानतलासी गरेको हो।

काठमाडौं प्रहरीका अनुसार उक्त स्टोरमा सक्कलीजस्तै देखिने नक्कली हतियार बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी लिएको थियो।

उक्त टोय स्टोर धादिङको नीलकण्ठ नगरपालिका-३ घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने सन्तोषी श्रेष्ठले चलाउँदै आएकी थिइन्।

प्रहरीका अनुसार खानतलासी गर्दा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा सोही पसलमा रहेका युवकलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले नियन्त्रणमा लिएको युवक काभ्रेको रोशी गाउँपालिका-३ घर भइ काठमाडौंको कलंकी बस्ने ३१ वर्षीय सुरज मगर हुन्।

उनीमाथि महिला प्रहरीसहितको टोलीमाथि अभद्र व्यवहार गरी प्रहरीको कामकारबाहीलाई बाधा पुर्‍याएको आरोप छ।

उनलाई अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

खेलौना पसलबाट प्रहरीले विभिन्न कम्पनी उल्लेख भएका ६ थान ‘सक्कलीजस्तै देखिने नक्कली’ हतियार पनि बरामद गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय