हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भएर ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर तरकारी लोड गर्न रोकिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएको हो । दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते गोपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय