काठमाडौँ । मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्। एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्।

मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले सांसद शारदा थापाले जानकारी दिइन्।

एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्।

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय