काठमाडौँ । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान गरेको छ ।
सूचनामा भनिएको छ– ‘स कार्यालयको क्षेत्रभित्र रहेको कार्यालयले नामकरण गरेको प्लट नं। १ को ०४ बिघा ०३ कट्ठा–०३ धुर (धावन मार्गको पश्चिम पट्टि)को खालि जग्गा कृषि प्रयोजनका लागि २०८२ पुस १ गतेदेखि २०८७ मङ्सिर मसान्तसम्म ५ (पाँच) वर्षका लागि ठेक्कामा दिनुपर्ने भएको हुँदा इच्छुक सङ्घ संस्था, नेपाली नागरिकहरूबाट रितपूर्वक बोलपत्र आह्वान गरिएको छ ।’


ठेकेदारले उक्त जग्गामा उखु, मकै जस्ता अग्ला अग्ला बोट बिरुवा हुने बालो तथा गाँजा जस्ता कानुनद्वारा निषेधित तथा जङ्गली जनावर तथा चराचुरुङ्गी आकर्षित गर्ने खालका बाली लगाउन भने नपाउने सूचनामा उल्लेख छ ।











