महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–६ बनखुकी एक गर्भवतीको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी ३० वर्षीया लमिन माया वाईबालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय बनखु स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

हेलिकप्टर उडानका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरे अनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए।

बनखु स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बुधबार ल्याइएको उनको अत्याधिक रक्तचाप, २९ हप्ताको गर्भवस्थामा अत्याधिक दुखाई रहित रक्तश्रप भएको कारण तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भएकाले गाउँपालिकाको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

वाइबाको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अध्यक्ष जिम्बाले बताए । पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय