काभ्रेपलान्चोक । आगमी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले प्रतिनिधिसभा काभ्रे क्षेत्र नं १ बाट नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट खड्ग बहादुर जिम्बा(अविरल) र सुर्यमान दोङ(लालध्वज)लाई उम्मेदवारको लागि सिफारिस गरेको छ ।

राजनीतिक तथा सामाजिक क्षेत्र निकै सक्रिया सामाजिक अभियन्ता तथा युवा नेता अविरल जिम्बा काभ्रेको साविक डाँडागाउ गाविस २ र हाल खानीखोला गाउँपालिका वडा नं ३ सौरेका हुन । उनका बुवा रत्नमान जिम्बा तत्कालिन डाँडागाउ गाविसको प्रधानपञ्च हुनुहुन्यो । सानै उमेर देखि राजनीतिक तथा समाजिक वातावरणमा हुर्केका जिम्बा विभिन्न राजनीतिक दलको विभिन्न पदहरुमा आवद्ध हुनु भई हाल पनि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिया रहेका छन् ।

अविरल जिम्बा सामाजिक कार्यमा निकै लोकप्रिय नाम हुन उनले थुप्रै विद्यालय र स्वास्थ्य चौकी भवन निर्माण देखि स्वास्थ्य शिविरहरु सन्चालन र विद्यालयहरुमा ट्रयाकसुट स्टेशनरी सामानहरु ल्याप्टप प्रोजेक्टर फर्निचरहरु स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आईरहेका छन । बाढी पहिरोको बेला रोशी तेमाल खानीखोलामा राहत बाँडेका जिम्बा सोलुखुम्बु,धादिङ, नुवाकोट र काभ्रे लगायतका जिल्लाहरुमा सामाजिक कार्यमा सक्रिय छन ।

जेन्जि आन्दोलन पश्चात् राजनितिमा युवाहरुको माग ह्वात्तै बढे लगतै तारामुमोले युवालाई अगाडि सार्ने रणनिति अन्तर्गत युवा सामाजिक ब्यक्तित्व अविरल जिम्बालाई सिफारिस गरेका हुन । नेपाली कम्युष्टि पार्टीबाट निकै सक्रिया रहेकोले उनको नाम सिफारीस गरेको हो ।

नेकपा एमाले र नेपाली काङग्रेसबाट यस क्षेत्रबाट पुरानै अनुहारका उम्मेद्वार आउने भएकाले नेकपाबाट नयाँ अनुहार, युवा र त्यसमाथि सामाजिक ब्यक्तित्व खड्ग बहादुर जिम्बा(अविरल) लाई अगाडि सारेमा चुनाव जित्ने अड्कल तारामुमोले गरेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय