खानीखोला, काभ्रे । खानीखोला गाउँपालिकाको वडा नं. २ र ३ को ४ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले न्यानो कपडा (ट्रयाकसुट, जुता, मोजा, टोपी र झोला) सहयोग गरिएको हो ।
केटाकेटी नेपालको सहयोगमा खानीखोला गाउँपालिकाको ३ नं वडाको जनता आवि धनमना, कुमारी आवि भाङटारबेशी, हनुमानशक्ति आवि जुरे र केन्द्र ज्योती आवि चित्रे साथै २ नं वडाको सेतीदेवी आवि सार्किडाँडाको विद्यालयका विद्यार्थीहरुलाई पुर्व संविधानसभा सदस्य अक्कल बहादुर थिङ(महेश)को प्रमुख आतिथ्यतामा न्यानो कपडा वितरण हो ।


युवा नेता तथा समाजसेवी अविरल जिम्बा, वडा अध्यक्ष सागर जिम्बा, केटाकेटी नेपालका भिम गोलले विषेश सहयोग गरेका थिए । सार्किडाँडाको लागि ट्रयाकसुट व्यवस्था सार्किडाँडाकै भिम घिसिङ र झोला पाँचखाल निबासी सुर्य बहादुर तामाङ गरेका थिए ।
वितरणका लागि राजनितिक तथा सामाजिक ब्यक्तित्व दैवलाल घिसिङ, शृजना थिङ, विरेन लामा(निमा ब्लोन),युवराज थापा मगर, गणेश जिम्बा, पदम घिसिङ, रिजा घिसिङ, तिलक मोक्तान, मिशन जिम्बा र सुमित जिम्बा लगायतको विषेश समन्वय तथा पहलमा भुमिका रहेको थियो ।










