काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राजनीतिमा होमिने भएकी छन् । यसका लागि तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत राजनीतिमा आउनुपर्छ या पर्दैन भन्दै भोट गर्न भनेकी छन् ।

उनलाई ९३ प्रतिशतले राजनीतिमा आउन सुझाएका छन् । यस्तै ७ प्रतिशतले राजनीतिमा नआउन भनेका छन् ।

उनले लेखेकी छन्,’आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ। मैले यहाँहरूकै भोटिङ पोलमार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ।’

साेही अनुरुप फेरि संसदीय चुनाव लड्नलाई उम्मेदवारी दिने विषयमा फेरि भाेटिङ पाेलमार्फत आफ्नाे मत राख्न उनले आग्रह गरेकी छन् ।

साथै उनले प्रत्यक्ष उठ्ने वा समानुपातिक त्यो पनि सुझाउन भनेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय