काठमाडाैँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दाबी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री खरेलले यस्ताे दाबी गरेका हुन् ।


उनले शीर्ष नेताहरुको कार्यक्रममा चहलपहल र उपस्थिति नै देश निर्वाचनमय भएको जिकिर गरे । उनले अन्तरिम सरकारको म्याण्डेट नै फागुन २१ मा निर्वाचन गराउनु रहेको समेत बताए ।
उनले अब निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता हटेको समेत बताए ।
मन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचारका मुद्दा अदालतमा पहिलो पटक दर्ता भएका समेत उनले बताए ।










