महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउपालिकामा घुन्सा फाउन्डेशनको सहकार्यमा एसईई केन्द्रित शैक्षिक तथा जीवन उपयोगी मोटिवेसन तालिम सम्पन्न भएको छ । तालिममा गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत करिब ३५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

घुन्सा फाउन्डेशनका अध्यक्ष याङजोम शेर्पाले तालिममा सहभागीहरुलाई एसईई केन्द्रित शैक्षिक तथा जीवन उपयोगी मोटिवेसन दिनु भएको थियो । साथै सो अवसरमा अन्तरक्रिया कार्यक्रम समेत भएका थियो ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), घुन्सा फाउन्डेशनका अध्यक्ष याङजोम शेपा, गाउँपालिका शिक्षा शाखाको टिम, विद्यालयहरुको प्रतिनिधि शिक्षक शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

घुन्सा फाउन्डेशनले एसईई २०८२ विद्यार्थीहरूका लागि निःशुल्क अनलाइन कक्षा प्रदान गरिरहेका छन् ।अनलाइन कक्षाका लागि मोबाइलको Play Store बाट “Ambition Guru” App डाउनलोड गरेर घरमै बसेर, मोबाइलबाटै निःशुल्क पढ्न् सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय