काठमाडौं । बौद्ध धर्म, सस्कृति र पर्यटन प्रवद्धनात्मक अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबार बौद्ध स्थित होटल अनुत्तरामा समितिका अध्यक्ष राजकुमार लामाको अध्यक्ष्तामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा संघियता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम ग्याल्जेन शर्पा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, होटल व्यवसाय संघ (हान) नेपालका अध्यक्ष विनायक शाह , नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा टानका अध्यक्ष सागर पाण्डे बौद्ध धर्म विज्ञ खेन्पो सर्वजित गोङवा लगायतले प्यानलिष्टको रुपमा आफ्नो भनाई राखेका थिए ।

वरिष्ठ पत्रकार तथा प्रस्तोता राजेन्द्र बानियाँले सहजीकरण गरेको कार्यक्रममा मंगल पाठ सहित राष्ट्रिय सभा सदस्य तथा संघियता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम ग्याल्जेन शर्पा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले संयुक्त रुपमा छयोमे बाली उद्धघाटन गरिएको उक्त कार्यक्रमको श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले कार्यक्रमको उदेश्य माथी प्रकाश पार्दै बौद्धनाथ क्षेत्र विकास समितिले तयार पारेको मास्टर प्लानको बारेमा समेत प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रको प्यानलिष्टको रुपमा राष्ट्रिय सभा सदस्य तथा संघियता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम ग्याल्जेन शर्पा, नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया, श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा होटल व्यवसाय संघ (हान) नेपालका अध्यक्ष विनायक शाह रहेका थिए ।

राष्ट्रिय सभा सदस्य तथा संघियता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम ग्याल्जेन शेर्पाले विगतमा भन्दा पछिल्लो समय पर्यटन क्षेत्र व्यवसायिक रुपमा फस्टाए पनि सन्तोषजनक अवस्था नरहेको बताए ।उनले अझै धेरै काम गर्न वाकी रहेको बताए ।नेपालमा बौद्ध धर्म गुरु ल्याएर प्रवचन दिन लगाउने हो भने लाखौ धार्मिक पर्यटक भित्राउन सकिने सुझाव दिएका थिए । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य तथा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले धार्मिक सांस्कृतिक र आध्यात्मिक पर्यटकको राम्रो सम्भावना रहेको समेत बताए ।उनले एड्भेन्र्चरस पर्यटक धेरै बढाउन नसके पनि धार्मिक र आध्यात्मिक पर्यटकको ठुलो संख्या भित्राउन सकिने भएकोले सरोकारवालाहरुको ध्यान जानु पर्नेमा जोड दिए ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पछिल्लो समय बौद्धमा पर्यटकको संख्या बढे पनि उनिहरुको बसाई छोटो हुने गरेको बताए ।उनले पाकिङ लगायतको असुविधालाई मध्यनजर गर्दै समितिले मास्टर प्लान तयार पारेको र सो मास्टर प्लान लागु गर्न सकेको खण्डमा बौद्धको मुहार फेरिने र पर्यटकहरुको बसाई पनि लम्बिनी विश्वास व्यक्त गरे ।

त्यसै गरी होटल व्यवसाय संघ (हान) नेपालका अध्यक्ष विनायक शाहले नेपालमा होटल पूवाधारमा ठूलो लगानी भइसकेको जानकारी दिए । उनले अनौपचारिक रुपमा भित्रिने पर्यटकका कारण देशले सोचे जति आर्थिक लाभ लिन नसकेकाले धारणा राख्ने नेपालमा पाँचतार होटलकोे संख्या ३२ पुगेको र त्यति नै संख्यामा थपिने क्रममा रहेको समेत जानकारी दिए । छलफल कार्यक्रमलाई शुभकामना मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बौद्धनाथ क्षेत्रको विकासका लागी सरकार प्रतिबद्ध रहेको बताएका थिए ।उनले सबैका साझेदारी समन्वयका आधारमा अघि बढे नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय सफलता हासिल हुने विश्वास व्यक्त गरे । उनले छलफल बाट आएका निष्र्कष मन्त्रालयमा उपलब्ध गराउन समेत आग्रह गर्दै प्राप्त सल्लाह र सुझावलाई कार्यन्वयनमा लाग्ने बताए । उनले यस्ता कार्यक्रमले पर्यटन क्षेत्र विकासका लागी सकारात्मक दबावको काम गरेको बताए ।

कार्यक्रमको पहिलो सत्रको प्यानलिष्टको रुपमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा , टानका अध्यक्ष सागर पाण्डे, बौद्ध धर्म विज्ञ खेन्पो सर्वजित गोङवा रहेका थिए । नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले पर्यटन प्रवद्र्धनका लागी आएका हरेक प्रस्ताव सल्लाह सुझावलाई सहर्ष रुपमा स्वीकार गर्ने प्रतिबद्धता जनाए । पर्यटन क्षेत्रका विकास र यस बाट लाभ लिनका लागी आफ्ना पर्यटन संग सम्बन्धित उत्पादनहरुलाई सहि रुपमा बजारीकरण गर्नुपर्नेमा उनको सुझाव थियो । त्यस्तै टानका अध्यक्ष सागर पाण्डेले पर्यटन संगै समग्र विकासका लागी सवैले जिम्मेवारीर उत्तरदायित्व बोध गर्नुपर्नेमा जोड दिए । बौद्ध धर्म विज्ञ खेन्पो सर्वजित गोङवाले बुद्धिजम बाट टुरिजमको नारालाई सार्थकता दिने हो भने नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको विचार व्यक्त गरे ।नेपालमा बुद्ध जन्मेको भनेर गर्व गर्नुको साथै जनमानसमा बुद्धका विषयमा ज्ञान बाँड्न सके धार्मिक र आध्यात्मिक पर्यटकको कमि नहुने उनको भनाई रहेको थियो । कार्यक्रममा सरोकारवालाहरुले धेरै बौद्धमार्गीहरुको बसोवास रहेको नेपालले बुद्ध धर्म सम्वन्धित र बौद्धमार्गी पर्यटकहरु बाट यथेष्ट लाभ लिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय