काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीले काभ्रेका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको लागि नेकपा काभ्रेले क्षेत्र नम्बर १ मा दिनानाथ गौतम र क्षेत्र नं.२ मा बसुन्धरा हुमागाँईकाे नाम टुंगो लगाएको हाे ।
स्रोतका अनुसार काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा दिनानाथ गौतमले टिकट पाएका छन् । उनी चौंरीदेउराली गाउँपालिकाका पुर्व अध्यक्ष हुन् ।


यस्तै काभ्रे क्षेत्र नं.२ मा पुर्वमन्त्री समेत रहेका नेकपा नेता बसुन्धरा हुमागाँई उम्मेदवार बन्ने निश्चित भएको छ । उनी बागमति प्रदेशका पुर्व कृषि मन्त्री हुन् । मनोनयन दर्ताको समय नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार टुंगो लगाउन थालेका छन् ।










