काभ्रेपलाञ्चाेक । प्रशासन कार्यालय काभ्रेले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको हो ।

व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार माघ २१ गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जानकारी दिए ।

इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको उनले बताए ।

व्यक्तिगत सुरक्षाका लागि आफूसँग भएका इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा नबुझाए कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । साथै, अगामी चैत २० गतेपछि सोही कार्यालयमा भरपाई पेस गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र हातहतियार फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय