काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (माघ १६) तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।

बिहीबार (माघ १५) सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।

यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय