बेथानचोक । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार बसुन्धरा हुँमागाई मतदाताको घरदैलो अभियानमा सक्रिय हुनुभएको छ।

आइतबार बेथानचोक गाउँपालिका–१ च्याम्राङवेशीका विभिन्न गाउँबस्तीमा पुगेर उम्मेदवार हुँमागाईले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गर्नुभएको हो। सो अवसरमा उहाँले जनताको समस्या सुन्नुका साथै आगामी निर्वाचनमा पार्टीको तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो।

घरदैलो अभियान बेथानचोक गाउँपालिका–४ मा पार्टीको वडा कार्यालय उद्घाटनसँगै सुरु गरिएको थियो। त्यसपछि पार्थलीमा भेटघाट कार्यक्रम सम्पन्न गरियो भने ढुंखर्कमा वडा नं. २ को पार्टी कार्यालय उद्घाटन गरिएको थियो। साथै वडा नं. १ मा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरिएको छ।

हुमागाई नेतृत्वको टोलीले झिंगे, फुर्केथली लगायत वडा नं. १ का सबै गाउँबस्तीमा पुगेर मतदातासँग छलफल तथा अन्तरक्रिया गरेको छ। अभियानका क्रममा स्थानीय नागरिकहरूले यस पटक तारा चिन्हमा मतदान गर्ने साझा निर्णय भएको र सोही अनुसार मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै मतदाताहरूले आफ्ना गाउँ–टोलका विभिन्न समस्या समाधानका लागि उम्मेदवारसमक्ष माग समेत राखेका थिए।

यसैबीच, नेपाली कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटीको बुधबार सम्पन्न भेला तथा बैठकले पार्टी केन्द्रीय सदस्य टोकबहादुर वाईवाको संयोजकत्वमा निर्वाचन परिचालन मूल कमिटी गठन गरी औपचारिक रूपमा निर्वाचन अभियान थालनी गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय