काठमाडौं । झापा–५ का प्रतिनिधिसभा सदस्य उमेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई स्थानीयले एजेन्डा माग्न थालेका छन् ।

बालेनको घरदैलो कार्यक्रममा क्रममा झापा कमल गाउँँपालिकाका स्थानीयले बालेन र स्वतन्त्र पार्टीको एजेन्डाबारे जिज्ञासा राखेका हुन् ।

बालेनलाई सो गाउँपालिकाका एक स्थानीयले प्रश्न गर्दै भने, “अब बालेनजीको योजना के छ ? या स्वतन्त्र पार्टीको एजेन्डा के छ ? हामीले पनि बुझुम् न, तपाईं हामीले त बुझौँला तर तपाईं हामीले बुझ्नेभन्दा पनि सबैले बुझ्ने हिसाबले ?”

स्थानीयको प्रश्नमा जवाफ दिँदै बालेनले जनतासँग समन्वय गरेर ‘मेनिफेस्टो’ (घोषणापत्र) तयार पार्ने काम भइरहेको बताए ।

“हरेक समुदाय र व्यक्तिका एजेन्डा फरक–फरक हुन्छन् । कसैको स्वास्थ्यसँग सम्बन्धित हुन्छ, कसैको शिक्षा, कसैको पूर्वाधार,” उनले भने, “व्यापार गर्नेका लागि व्यापार महत्त्वपूर्ण हुन्छ भने किसानका लागि खेती । सबैलाई सबै कुरा आवश्यक नहुन सक्छ । त्यसैले जो–जो व्यक्तिलाई जुन विषयमा चासो छ, त्यसअनुसारका एजेन्डा हामी तयार पार्दै छौँ ।”

बालेनले आफ्नो पार्टीको घोषणापत्र आगामी फागुनको पहिलो साता सार्वजनिक गरिने स्थानीयसामु बताएका छन् ।

शिक्षा र स्वास्थ्य निःशुल्क गर्न संविधानमा उल्लेख भए पनि त्यसअनुरुप काम गर्न बजेट नै अभाव हुने बालेनले बताएका छन् ।

बालेनले शिक्षा, स्वास्थ्य निःशुल्क गर्न नसकिने बताएपछि स्थानीयले प्रदेश संरचना खारेज गर्दा बजेट पर्याप्त हुने भन्दै जिज्ञासा राखेका थिए ।

सो जिज्ञासामा बालेनले भने, “त्यस्तो होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।”

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय