महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिकामा समुदाय स्तरमा स्वास्थ्य परिक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा अभियान सञ्चालन सुरु भएको छ । महाभारत बन्दै छ, बा आमालाई सन्चै छ ? भन्ने मुल नाराका साथ माघ २२ गतेदेखि २८ गतेसम्म ४१ वटा समुदाय स्तरमा स्वास्थ्य परिक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा अभियान सञ्चालन हुँदैछ ।
कार्यक्रम २१ गते (बुधबार) औपचारिक रुपमा उद्धघाटन गरिएको छ । हाल सम्म महाभारत गाउपालिका भित्र उच्च रक्तचापको १४१ जना बिरामी नियमित चेकजाँच गरी औषधि सेवन गरिरहेका छन् । त्यस्तै १६ जना सुगरको बिरामीले नियमित उपचारमा छन्।


‘हाम्रो समुदायमा लुकेर रहेको वा हाम्रो स्वास्थ्य संस्थामा उपचारको दायरामा नआएका उच्च रक्तचाप र मधुमेहका विरामीहरु पहिचान गरि उपचारको दायरामा ल्याउने, मृगौलामा देखिएको समस्याहरु समयमा नै पहिचान गरि समयमा नै उपचारको लागी प्रेषण गर्ने साथै स्वस्थ्यकर खानपान र नसर्ने रोगहरुका बारे जनचेतना फैलाउने उदेश्यले यो कार्यक्रम ल्याइएको’ महाभारत गाउँपालिका अध्यक्ष कानछालाल जिम्बा (संसार)ले बताए ।
अभियानमाउच्च रक्तचाप (Blood pressure), मधुमेह (Sugar), मृगौलाको कार्य परीक्षण (Protein, sugar, pH)
शरीरको उचाइ अनुसार तौल अनुपात (BMI) परीक्षण गरिने ।
स्वास्थ्य परामर्श सेवा
नसर्ने रोगहरुका कारण व्यक्ति, परिवार, समाज र राज्यको ठुलो रकम खर्च भैरहेको साथै अपांगता भएर सहयोगको भरमा आजिवन जिउनुपर्ने र अल्पआयुमै मृत्युको सामना गर्पर्ने अवस्था ज्यादा देखिरहेकोले समय समयमा आफ्नो स्वास्थ्य परिक्षण गर्न आवश्यक छ त्यसैले आफुलाई पायक पर्ने सेवाकेन्द्रमा गएर ३० वर्ष माथिका सम्पुर्ण नागरिकहरु एक पटक स्वास्थ्य परिक्षण गराउनुहुन अनुरोध छ ।










