काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिका वडा नम्बर–६ मगरगाउँमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी सभा भव्य रूपमा सम्पन्न भएको छ। सभामा वडा नम्बर–६ र ७ का स्थानीय जनसमुदाय तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैक्रममा महाभारत गाउँपालिका वडा नम्बर–१ र ८ को सिमाना सोलाभञ्ज्याङमा पनि नेकपाको जनभेटघाट तथा चुनावी सभा सम्पन्न भएको छ। काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ का सुजन लामाको अध्यक्षतामा प्रत्यक्षतर्फका उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका समानुपातिकतर्फकी उम्मेदवार मिना पाख्रीन, केन्द्रीय सदस्य गंगा बहादुर तामाङ, बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ केन्द्रिय सदस्य बिजय लामा, प्रदेश सदस्यहरू होम बहादुर खुलाल , कान्छालाल जिम्बा ( संसार) कान्छामान जिम्बा ( रोहित) ङेमसाङ लामा( प्रतिभ), गाउँपालिका अध्यक्ष मीन बहादुर वाइबा, असली लामा, अमृत तामाङ लगायत केन्द्रीय, जिल्ला, प्रदेश तथा स्थानीय तहका नेताहरूको सहभागिता रहेको थियो।


सभालाई सम्बोधन गर्दै वक्ताहरूले जनताको पक्षमा आधारित नीति, विकास र सुशासनलाई नेकपाको मुख्य एजेन्डा भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरेका थिए। कार्यक्रममा सोलाभञ्ज्याङमा वडा नम्बर–१ र ८ र मगरगाउँमा वडा नम्बर–६ र ७ का स्थानीय बासिन्दा तथा पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने वडा नम्बर–१, २, ६, ७ र ८ का सम्पूर्ण जनसमुदाय तथा पार्टीका कमरेडहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।










