काठमाण्डौ । नेवा संस्कार एवं संस्कृति प्रवद्र्धन र संरक्षणको उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका वडा नं ६ भुवलडाडामा नेवा : सास्कृतिक बाजा तथा नृत्य प्रशिक्षण कार्यक्रम समापन भएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा सहयोगी बौद्ध महिला समुह नेपालको आयोजनामा भएको ४५ दिने नेवा : सास्कृतिक बाजा तथा नृत्य प्रशिक्षण कार्यक्रमको समापन भएको हो ।
रोयल ब्याङकेट तीनचुलीमा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको पमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको अध्यक्षता सहयोगी बौद्ध महिला समुह नेपालको अध्यक्ष श्रीदेवी श्रेष्ठले गरेकी थिइन ।


समापन समारोहमा बोल्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा ले आफ्नो कला संस्कृतिको संरक्षणमा नेवाः समुदायले देखाएको अग्रसरताको प्रशंसा गर्दै नयाँ पुस्तालाई आफ्नो कला संस्कृति सिकाउन लाग्नु पर्ने धारणा राखेका थिए ।नयाँपुस्ताले आफ्नो मौलिक संस्कृति , भाषा, परम्पराहरु बिर्सर्दै गएकाले उनीहरुलाई त्यसतर्फ आकर्षित गर्न यो प्रशिक्षण कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे । उनले श्री बौद्धनाथ क्षेत्र विकास समितिले संस्कृती जर्गेना गर्नको लागी विभिन्न कार्य गर्दै आएको आगामी दिनमा पनि गर्दै जाने बताए । उनले काठमाण्डौ उपत्यका सास्कृतिक शहर भएको र त्यो जोगाउन र संरक्षणको लागी बालेनले पु¥याएको योगदानको चर्चा गर्दै सम्पदा र संस्कृति संरक्षणमा सबै मानिसले बालनेको जस्तै भुमिका निभाउनु पर्नेमा जोड दिए । उनले संस्कार र संस्कृतिलाई जोगाइराख्न सकेमात्र पहिचान कायम रहने समेत बताए । कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा ले नेवा: सास्कृतिक बाजाहरु ,लाखे पोशाक पदान गरेका थिए ।
लोपोन्मुख अवस्थाका पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाच, धिमे बाजा बाँसुरी बाजा समाबेश गरीएको उक्त प्रशिक्षण कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षण लिएका विद्यर्थीहरुले पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाच, धिमे बाजा बाँसुरी बाजा समेतको पस्तुती दिएका थिए । प्रशिक्षण लिएका विद्यर्थीहरुलाई पमाण पत्र पदान गरिएको थियो ।










