काभ्रेपलाञ्चोक । जन्डिस रोग हुदै कलेजो र फोक्सोमा समेत क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचाररत नन्द सिङ मोक्तानको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । काभ्रेको महाभारत गाउँपालिका–२ मा स्थायी बसोबास गर्दै आएका ५८ वर्षीय नन्द सिङको जीवनरक्षाका लागि परिवारले आर्थिक सहयोगको याचना गरेको हो।

सिभिल अस्पताल हुदै मध्यपुर अस्पतालमा जन्डिस रोगको उपचार गर्दै गर्दा सिटि स्क्यानको रिपोर्टले कलेजो र फोक्सोमा समेत क्यान्सर फैलिएको देखिएपछि धुलिखेल अस्पतालमा रिफर गरेको उनको छोरा बिमल मोक्तानले ग्लोबल खबरलाई बताए । हालसम्म उपचारकै क्रममा लाखौ रुपिया खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको बताउँदै बिरामीलाई बचाउनका लागि आर्थिक सहयोगको अपिल गरेको उनको भनाइ छ।

परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।मोक्तान परिवारको घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा सहयोगको आह्वान गरेको हो ।

नन्द सिङ मोक्तानलाई सहयोगको इच्छुकले उनको छोरा बिमल मोक्तानको राष्ट्रिय वाणिज्य बैंकको खाता नं. १०४०१०००७४७२५०१० मा सहयोग रकम जम्मा गरिदिन वा ९७४२५१८१३६ मा सम्पर्क गर्न बिरामीको परिवारले आग्रह गरेको छ। साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

  • QR

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय