काभ्रेपलाञ्चोक । विगत केहि बर्ष देखि मृगौला तथा मुटु रोगबाट ग्रसित भएपछि पाटन अस्पतालमा उपचाररत हर्कदास श्रेष्ठको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–१ गोकुलेमा स्थायी बसोबास गर्दै आएका ४१ वर्षीय श्रेष्ठको जीवनरक्षाका लागि आर्थिक सहयोगको याचना गरेको हो।

करिब ५/६ बर्ष अगाडी मुटुको उपचार गरेको थियो । उपचारको क्रममा अहिले मुटु हुदै मृगौल र शरिरको विभिन्न भागमा समस्या देखिएको छन् । वैदेशिक रोजगारबाट कमाएर ल्याएको सबै पैसा उपचारमै सकिएको श्रेष्ठले बताए । हालसम्म उपचारकै क्रममा लाखौ रुपिया खर्च भइसकेको र थप उपचारका लागि समस्या परेको बताउँदै आर्थिक सहयोगको अपिल गरेको उनको भनाइ छ।

श्रेष्ठले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीसँग पनि सहयोगको अपिल गरेका छन् । घरको आर्थिक अवस्था नाजुक भएकोले उपचारमा सहयोगको आह्वान गरेको हो ।

मृगौला तथा मुटु रोगबाट ग्रसित हर्कदास श्रेष्ठलाई सहयोगको इच्छुकले ग्लोबल खबरका प्रकाशक/सह–सम्पादक अमृत योन्जनको लक्ष्मी सन्राइज बैंकको खाता नं. ०६२०५३१८०८२०५००२ मा सहयोग रकम जम्मा गरिदिन पीडित हर्कदास श्रेष्ठ ९८४१४६५८७२ वा अमृत योन्जन ९८४१५०२८९७ मा सम्पर्क गर्न सक्नुहुनेछ । साथै ग्लोबल खबरको टिमलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

  • QR

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय