महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–४ सर्दुङमा नववर्ष २०८३ सालको अवसर पारेर नवनिर्मित भूमिमन्दिर निर्माण सम्पन्न भई विधिपूर्वक उद्घाटन गरिएको छ।

महाभारत गाउँपालिका तथा विभिन्न सहयोगीहरूको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरमा परम्पराअनुसार देवता सार्ने कार्य  (देउता सार्ने) सम्पन्न गरिएको थियो। सो अवसरमा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, वडा नं. ४ का वडा अध्यक्ष विशाल मोक्तान, बोन्बो, लामा तथा मारुनी टोलीको विशेष उपस्थितिमा धार्मिक विधि सम्पन्न गरिएको स्थानीयले जनाएका छन्।

देवता सार्ने कार्य सम्पन्न भएसँगै मन्दिर बैशाख १ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणका लागि दर्शनका लागि खूल्ला गरिएको छ। स्थानीय टोलवासीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी सम्पूर्ण बोन्बो, लामा, मारुनी टोली तथा उपस्थित सम्पूर्ण टोलवासीहरूलाई आयोजक पक्षले धन्यवाद व्यक्त गरेको छ।

नववर्षको अवसरमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिर निर्माणले स्थानीय समुदायमा थप एकता र आस्थाको भाव बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय