काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका अन्तर्गतका विद्यालयहरूको शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार दुवै गाउँपालिकाका केही विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ।

महाभारत गाउँपालिकाअन्तर्गत श्री कालिदेवी माध्यमिक विद्यालयले ८५ प्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेको छ। त्यस्तै श्री ज्योति माविले ६३.६३ प्रतिशत, श्री जनकल्यान माविले ६२.२६ प्रतिशत, श्री गोकुले माविले ६० प्रतिशत तथा श्री जनमोहन माविले ५८.९२ प्रतिशत नतिजा हासिल गरेका छन्।

त्यसैगरी श्री भैरब माविको नतिजा ५१.२१ प्रतिशत, श्री ग्राम्मोनति माविको ४९.१५ प्रतिशत तथा श्री सिद्धेश्वर माविको सबैभन्दा कम ४२.२ प्रतिशत नतिजा रहेको छ।

उता खानीखोला गाउँपालिकामा जनविकास माध्यमिक विद्यालयले सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको छ। विद्यालयका ३६ जना परीक्षार्थीमध्ये ३२ जना उत्तीर्ण हुँदै ८८.८९ प्रतिशत नतिजा हासिल भएको हो।

शारदा माविले ६० प्रतिशत, कुमारी माविले ५५.८८ प्रतिशत, बुद्ध माविले ५५.५६ प्रतिशत नतिजा ल्याएका छन्। त्यस्तै धार्नेज्योती मावि र जनहित माविले समान ५० प्रतिशत नतिजा हासिल गरेका छन्।

खानीखोलाका विद्यालयमध्ये भृकुटी माविको नतिजा ३५.७१ प्रतिशत रहेको छ भने वालविकास माविले सबैभन्दा कम २० प्रतिशत नतिजा ल्याएको छ।

यस वर्षको एसईई नतिजाले ग्रामीण क्षेत्रका विद्यालयबीच शैक्षिक उपलब्धिमा अन्तर देखिएको स्थानीयको भनाइ छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई बधाई दिँदै कमजोर नतिजा भएका विद्यालयमा थप शैक्षिक सुधार आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय