काठमाडौं । नेपाल तामाङ घेदुङको १०औँ सङ्घीय महाधिवेशनबाट रामकृष्ण ब्लोन तामाङ अध्यक्षमा निर्वाचित भएका छन् । यही जेठ १ देखि ३ गतेसम्म काठमाडौंको स्वयम्भूमा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
महाधिवेशनबाट सहअध्यक्षमा सरोजमोहन लामा निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा सन्चु ब्लोन तामाङ निर्वाचित भएका छन् । उपाध्यक्ष खुल्लातर्फ काजिमान थिङ, दिनेश कुमार लो, पासाङदोर्जे लामा, प्रेम लो तामाङ र रुपबहादुर योन्जन निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ दिना लामा र बिना मम्बा तामाङ निर्वाचित भएका छन् ।


त्यस्तै महासचिवमा लिलाकुमार घलान निर्वाचित भएका छन् । उपमहासचिव खुल्लातर्फ निर्मलबहादुर तामाङ र बिलाम मुक्तान तथा उपमहासचिव महिलातर्फ श्रमिक लामा निर्विरोध निर्वाचित भएका छन् । सचिव खुल्लातर्फ सुनिल मोक्तान, सुन्दर थोकर तामाङ र हिरालाल तामाङ निर्वाचित भएका छन् भने सचिव महिलातर्फ उषा वाईबा र संगीता तामाङ पाख्रिन निर्वाचित भएका छन् ।कोषाध्यक्ष खुल्लातर्फ तिर्थमान बल तथा सह–कोषाध्यक्ष खुल्लातर्फ सिता चोदेन तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनले विभिन्न प्रदेशबाट संघीय सदस्यहरू पनि चयन गरेको छ । कोशी प्रदेश खुल्लातर्फ अर्जुन तामाङ, इन्द्रकुमार योन्जन तामाङ, दलमान तामाङ, पेम्बा गोले तामाङ, प्रदीप लामा तामाङ, मीनबहादुर तामाङ, रामबहादुर वाईबा र रामप्रसाद ग्याबा तामाङ निर्वाचित भएका छन् भने महिला सदस्यतर्फ पेमाकुमारी लामा निर्विरोध निर्वाचित भएकी छन् ।
मधेश प्रदेश खुल्लातर्फ अमराज लामा, चन्द्रबहादुर मुक्तान, पूर्णबहादुर मोक्तान, राजकुमार घिसिङ र रामबहादुर घलान निर्वाचित भएका छन् । महिला सदस्यतर्फ बिना घिसिङ र राम्रीमाया तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
बागमती प्रदेश खुल्लातर्फ उदय लामा, कान्छा तामाङ, गोपीराज घलान, चक्रबहादुर पाख्रिन, फुर्पु तेन्जेन तामाङ, फुर्वा ग्याल्बो मोक्तान, फुर्साङ मोक्तान तामाङ, रक्षेबहादुर घलान लामा तामाङ, रोजबहादुर मोक्तान, विजयकुमार तामाङ, समिर लामा, सूर्य घिसिङ तामाङ र सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । महिला सदस्यतर्फ उर्मिला तामाङ (स्याङ्तान), ठुलीमाया मोक्तान, तिरुमाया तामाङ, निर्मला तामाङ, मिक्साङ लामा र लक्ष्मी जिम्बा निर्विरोध निर्वाचित भएका छन् ।
गण्डकी प्रदेश खुल्लातर्फ जसपाल पाख्रिन, वीर सुब्बा तामाङ र भक्तबहादुर तामाङ निर्वाचित भएका छन् भने महिलातर्फ आशा बम्जन र जुना तामाङ निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका केही पदहरू भने रिक्त रहेका छन् ।
सुदूरपश्चिम प्रदेश खुल्लातर्फ केशवकुमार लामा निर्वाचित भएका छन् । प्रवास शाखा तथा आबद्ध संस्था खुल्लातर्फ ज्ञानबहादुर तामाङ तथा महिला खुल्लातर्फ छोइसल घलान, लक्ष्मीमाया वाईबा, शर्मिला लामा तामाङ, शान्ताकुमारी तामाङ, शान्ति दोङ तामाङ, सफल्ता तामाङ, सुशिला वाईबा तामाङ र श्रीकुमार ब्लोन निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित नेतृत्वलाई तामाङ समुदायको भाषा, धर्म, संस्कृति, पहिचान र अधिकार संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।










