काठमाडौं । सुकुमबासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न सरकारले थप एक साताको समय दिएको छ ।

यसअघि आजसम्ममा होल्डिल्ङ सेन्टर छाडेर आफैँ बसोबासको व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले एक सूचना जारी गर्दै असार १९ सम्मको समय सीमा थप गरेको जनाएको हो ।

सुकुमबासीहरूले आफूहरूलाई जबर्जस्ती ननिकाल्न र दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेलगायतका माग गर्दै होल्डिङ सेन्टरबाट निकालिए पुरानै ठाउँमा छाप्रो हालेर बस्ने अडान लिँदै आएका छन् ।

गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि पुन:स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारको छ ।

रकम प्राप्तिका लागि असार १५ सम्म बैंक खाता नम्बरसहित निवेदन दिन समितिले सूचनामा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय