काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेस्थान निवासी २२ वर्षीय कल्याण तामाङ विगत करिब ११ वर्षदेखि मस्कुलर डिस्ट्रोफी (Muscular Dystrophy) जस्तो जटिल तथा दीर्घकालीन रोगसँग संघर्षरत छन्। रोगका कारण उनको शारीरिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ र हाल उनी अक्सिजनको सहारामा जीवन बिताइरहेका छन्।

सानै उमेरदेखि रोगले च्यापेका कल्याणको उपचारमा हालसम्म करिब रु. ३५ लाखभन्दा बढी खर्च भइसकेको परिवारले जनाएको छ। हाल उनको उपचार पाटन अस्पतालमा भइरहेको छ। नियमित औषधि, परीक्षण तथा अन्य उपचारका लागि प्रत्येक महिना रु. १५ हजारभन्दा बढी खर्च हुने गरेको छ।

लामो समयदेखि उपचारमा लागेको ठूलो आर्थिक भारका कारण परिवारको अवस्था निकै कमजोर बनेको छ। उपचारलाई निरन्तरता दिन आवश्यक रकम जुटाउन कठिन भएपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, संघसंस्था तथा सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि भावुक अपिल गरेको छ।

कल्याणका बुवा देबेन्द्र तामाङले समयमै आवश्यक सहयोग प्राप्त भए छोराको उपचारलाई निरन्तरता दिन सकिने र जीवन बचाउने आशा अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्।

परिवारले भनेको छ, “मानवता नै सबैभन्दा ठूलो धर्म हो। तपाईंको सानो सहयोगले पनि एक युवा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।”

सहयोग रकम जम्मा गर्ने विवरण:
खातावाला: कल्याण तामाङ
बैंक: ग्लोबल आइएमई बैंक
शाखा: बेथानचोक, ढुङ्खर्क शाखा
खाता नम्बर: १२२०७०१०००४१००
eSewa नम्बर: ९७४९४१३५७६

गम्भीर रोगसँग संघर्षरत कल्याण तामाङको उपचारमा सहयोग गरी उनको जीवन बचाउने अभियानमा साथ दिन परिवारले सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय