पर्वत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बलबहादुर पौडेल क्षेत्री पक्राउ परेका हुन्।


गत जेठ ७ गते दिउसो क्षेत्रीले १४ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरी चौकी भँगरामा उजुरी गरेकी थिइन्।
जेठ ९ गते दर्ता भएको उजुरीको आधारमा प्रहरी चौकी भँगरा र जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
अभियुक्तमाथि कानुन बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पटेलले बताए।










