काभ्रे । महाभारत गाउँपालिका–२ का वडा अध्यक्ष पदमबहादुर मोक्तानले निङ्गले हुँदै ताराखसेको उकालो सडक निर्माणका लागि रोशी गाउँपालिका र महाभारत गाउँपालिकाबीच समन्वय गर्न आग्रह गरेका छन्।

उनका अनुसार हाल उक्त सडक निर्माणको काम रोशी गाउँपालिकाको बजेटबाट भइरहेको छ। उनले यो सडक दुवै स्थानीय तहका नागरिकका लागि समान रूपमा महत्वपूर्ण भएकाले निर्माण कार्यलाई प्रभावकारी बनाउन दुवै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संयुक्त रूपमा सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

वडा अध्यक्ष मोक्तानले निङ्गले–ताराखसेको उकालो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र विभिन्न स्थानबाट पर्यटकहरू घुम्न आउने गन्तव्य बन्दै गएको उल्लेख गर्दै सडक स्तरोन्नतिले पर्यटन प्रवर्द्धनसँगै स्थानीय नागरिकको आवतजावत पनि सहज हुने बताए।

उनले रोशी गाउँपालिकाका बासिन्दा तथा महाभारत गाउँपालिका–२ का स्थानीयको साझा हितलाई ध्यानमा राखी सडक निर्माणलाई छिटो, गुणस्तरीय र दीर्घकालीन बनाउन दुवै गाउँपालिकाले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय