काभ्रे। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ स्थित खानीखोला बर्तली दोभानमा आइतबार राति आएको खोलाको तीव्र बहावले पल्सर २२० मोटरसाइकल बगाएको छ।

महाभारत गाउँपालिका–५ का वडा अध्यक्ष विजय राना मगरका अनुसार राति करिब ७ बजेदेखि ८ बजेको बीचमा घ्याङ्लेख गाउँपालिका–रामपुर स्कुलमाथि घर भएका सुन्दर श्रेष्ठ सवार पल्सर २२० मोटरसाइकल खोलाले बगाएको हो।

घटनामा चालक सामान्य घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको जनाइएको छ।

घटनालगत्तै स्थानीयवासीले मोटरसाइकलको खोजी सुरु गरेका भए पनि समाचार तयार पार्दासम्म मोटरसाइकल फेला परेको छैन। स्थानीयवासी तथा सरोकारवाला निकायको सहयोगमा खोजी कार्य निरन्तर जारी रहेको वडा अध्यक्ष विजय राना मगरले जानकारी दिएका छन्।

घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय