काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ चनौटेस्थित बागमती नदी किनारमा एक अपरिचित महिलाको शव फेला परेको छ।

स्थानीयका अनुसार बिहीबार नदी किनारमा महिलाको शव देखिएपछि प्रहरीलाई जानकारी गराइएको थियो। शवको पहिचान हालसम्म खुल्न नसकेको बताइएको छ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) ले उक्त महिलाको पहिचान सम्बन्धी कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रहरीमार्फत तत्काल सूचना दिन सबैमा अनुरोध गरेका छन्।

प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय