काठमाडौँ। सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन गर्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौता पालनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्। सम्झौता कार्यान्वयन नहुँदा जनआक्रोश बढ्दै गएको र यसले गम्भीर परिस्थिति निम्त्याउन सक्ने उनीहरूको चेतावनी छ।

सरकार र पीडित परिवारबिच मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र निष्पक्ष छानबिन गर्ने सम्झौता भएको थियो। तर लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।

उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको शव एक सातादेखि अन्त्येष्टि हुन नसकेको विषयलाई उनीहरूले गम्भीर र दुःखद भनेका छन्।

विज्ञप्तिमा देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहा गोलबजारका गणेश यादव तथा रविन्द्र मेहतालाई शहीद घोषणा गर्न माग गरिएको छ। साथै क्षतिपूर्ति, राहत र रोजगारीको व्यवस्था तत्काल गर्न एवम् दोषीमाथि कारबाही गर्न आग्रह गरिएको छ।

समस्या समाधान नभए सशक्त संघर्षमा उत्रने चेतावनी दिइएको छ। विज्ञप्तिमा महन्थ ठाकुर, राजेन्द्र महतो, समिम मिया अंसारी, बेचन प्रसाद मेहता र हरिनन्दन मेहताले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय