काठमाडौँ । नेपाल ट्रष्टको कार्यालयले दिवङ्गत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने चल–अचल सम्पत्तिको खोजबिनका लागि सार्वजनिक आह्वान गरेको छ।
ट्रष्टले शुक्रबार सूचना जारी गर्दै त्यस्ता सम्पत्तिसम्बन्धी तथ्ययुक्त प्रमाण, कागजात तथा जानकारी भए कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको हो।


कार्यालयका अनुसार राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको कुनै पनि चल तथा अचल सम्पत्तिबारे प्रमाण वा जानकारी भए नेपाल ट्रष्टमा बुझाउन सकिनेछ।
थप जानकारीका लागि नेपाल ट्रष्टको वेबसाइट www.nepaltrust.gov.np, फोन ०१–५३२५४६५ वा इमेल admin@nepaltrust.gov.np मार्फत सम्पर्क गर्न सकिने कार्यालयले जनाएको छ।











