काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ प्रदान गरिएको छ।
थाइल्यान्डको पटायास्थित सियामिज होटलमा अगस्ट १० मा आयोजित ‘नेपाल–थाइल्यान्ड फ्रेन्डसिप फेस्टिभल’ तथा ‘एशिया ग्लोबल एक्सिलेन्स अवार्ड २०२६’ समारोहमा नगर प्रमुख रिसाललाई ‘Excellent Global Asia Nepal Mayor Award in Education & Health’ बाट सम्मान गरिएको हो।


शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाजमा उल्लेखनीय योगदान पुर्याएको, व्यावसायिक उत्कृष्टता तथा समर्पित सेवामार्फत समुदायमा सकारात्मक प्रभाव पारेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
World Wide Production Media Pvt. Ltd. र Himalayan Community Project को संयुक्त आयोजनामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
नगर प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिकामा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम तथा सेवाहरू सञ्चालन गर्दै आएका छन्। नगरपालिकाले पछिल्लो समय स्वास्थ्य सेवा विस्तार, स्वास्थ्य बीमा, अस्पताल सेवामा सुधार तथा शिक्षातर्फ छात्रवृत्तिलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नगरपालिकाले अघि बढाएका कार्यक्रम र नगर प्रमुख रिसालको नेतृत्वदायी भूमिकाको मूल्यांकन गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ










